Like us!
Follow us!
Connect us!
Watch us!

कृषिमा घट्यो बजेट: कृषि मन्त्री नै जिल्ल

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १८ : २१ मा प्रकाशित

कृषिमा घट्यो बजेट: कृषि मन्त्री नै जिल्ल

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक बर्ष २०८१/८२ मा  ५७ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छु ।’

अर्थमन्त्रीले मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको सुनाएपछि बैठकमा सहभागी कृषि मन्त्री ज्वालाकुमारी साह नै जिलल परेकी थिइन् । आगामी वर्षका लागि कृषिलाई महत्वदिने बताउँदै आएको सरकारले चालु आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रका लागि सरकारले झण्डै एक अर्ब घटाएर बजेट छुट्याएको छ । 

साथै, सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष सरकारले रासायनिक मलमा ३० अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको