Like us!
Follow us!
Connect us!
Watch us!

दलित समुदायलाई पहिलोपटक छुट्याईयो बजेट

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १० : १२ मा प्रकाशित

दलित समुदायलाई पहिलोपटक छुट्याईयो बजेट

सरकारले दलित समुदायको लागि पहिलो पटक बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमानले मंगलबार सङ्घीय संसद्को सुंयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै दलित समुदायको रोजगार सिर्जना गर्न दलित विकास प्राधिकरण स्थापनाका लागि २० करोड विनियोजन गरिएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न सशक्तीकरण कार्य गर्ने संरचना एकीकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्थापन गरिने बताए

साथै दलित समुदायको रैथाने, सीप, ज्ञान र पेसाको आधुनिकीकरण गरी रोजगार सृजना, जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न  २० करोड विनियोजन गरिने उल्लेख गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको