Like us!
Follow us!
Connect us!
Watch us!

स्टिल उद्योगको कच्चा पदार्थमा पूर्वसरकारले निम्त्याएको बिचलन सच्याएको अर्थमन्त्रीको दाबी

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १४ : २१ मा प्रकाशित

स्टिल उद्योगको कच्चा पदार्थमा पूर्वसरकारले निम्त्याएको बिचलन सच्याएको अर्थमन्त्रीको दाबी

 अर्थमन्त्री वर्षमान पुनले स्टिल उद्योगको कच्चा पदार्थमा पूर्वसरकारले निम्त्याएको बिचलन सच्याएको बताए । कच्चा पदार्थमा नयाँ स्ल्याब कायम गरेर सच्याउने काम गरेको उनको भनाइ छ । 

पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्पोन्ज आइरन आयात गर्दा लाग्ने भन्सार महसुललाई शून्य बनाएका थिए । बिलेडमा प्रतिकिलो २.५ रुपैयाँ भन्सार महसुल लगाएका थिए ।

‘कसैको अनुहार हेरेर कुनै उद्योग हेरेर भन्दा पनि न्यायोचित के हुन्छ ? सिद्धान्तः मेल खान्छ कि खाँदैन ? भन्ने छलफल गरेर स्पन्ज आइरनमा भन्सार थपिएको हो’ उनले भने ।

पुनले कच्चा पदार्थ ल्याएर स्टिल उत्पादन गरिन्छ तर अहिलेसम्म कुनमा प्राथमिकता दिने तय छैन । सोहीअनुसार प्राथमिकता तय गरेर स्क्रयापलाई सबैभन्दा तल र त्यसपछि स्पन्ज आइरन राखेको उनले बताए।

पुनले उद्योगलाई प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनमा कर बढाएको प्रष्टीकरण समेत दिएका छन् । सरकारले स्वदेशी उद्योगलाई धरासायी बनाउने र ३६ अर्ब रुपैयाँ लगानी डुबाउने गरी भन्सार वृद्धि गरेको भन्दै बिरोध भइरहँदा अर्थमन्त्रीले प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनमा कर बढाएको बताए।

मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै बिरोध गरिरहँदा मंगलबार बजेट सार्वजनिक गरेका अर्थमन्त्रीले बुधबार पत्रकार सम्मेलन गर्दै स्पन्ज आइरनमा कर बढाउनुपरेको कारणबारे प्रष्टीकरण दिए ।

‘तीनवटा स्ल्याब बनाएर स्पोन्ज आइरन र ब्लेडमा भन्सार लगाइएको हो । स्पन्ज आइरनमा विचलन नहोस् भनेर हामीले हाम्रो सिद्धान्त अनुसार काम गरेका छौं,’ अर्थमन्त्री पुनले भने, ‘कच्चा पदार्थभन्दा तयारी सामान एक तह बढी कर हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं ।’

उनले कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर सरकारले निर्णय गर्ने नभएकाले सबै उद्योगलाई संरक्षण गर्ने दायित्व सरकारकै भएको बताए । आपसी सल्लाह र पर्याप्त छलफलबाटै स्पन्जमा कर बढेको उनको भनाइ छ ।

सबै कच्चा पदार्थ नेपालमा ल्याएर प्रयोग गर्ने भएकोले मेट्रियलको स्क्राब, स्पन्ज र ब्लेडलाई तीन भागमा छुट्याएर हेर्नुपर्ने निष्कर्ष निकालेको पनि मन्त्री पुनले बताए । उनले पहिलो स्ल्याब १, स्पन्जलाई २.५ र तयारीलाई ५ प्रतिशतको भन्सार लगाएको उनले बताए । गत वर्ष स्पन्ज आइरमा १ प्रतिशत मात्रै भन्सार शुल्क लगाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको