Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षको बजेटले लगानीकर्ता निरुत्साहित,२३ अंकले घट्यो बजार

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १५ : १९ मा प्रकाशित

आगामी आर्थिक वर्षको बजेटले लगानीकर्ता निरुत्साहित,२३ अंकले घट्यो बजार

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक पछिको सेयर बजारमा  भारी गिरावट भएको छ । आज सेयर बजार नेप्से परिसूचक २३.८१ अंकले घटेर २,०८९ को विन्दुमा कायम भएको छ । 

आज बुधबार ५६ कम्पनीको सेयर मुल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य बढेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर  किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । सिइडिबी हाइड्रोपावरको १९ कोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहरे खोला र भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमि नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.४१ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको