Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १५ : २५ मा प्रकाशित

अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले देशमा जारी आर्थिक संकटबाट मुक्त गर्न विशेष आयोग नै गठन गरेर अर्थतन्त्र पुनर्संरचना गर्ने बताएका छन् ।

संसदमा प्रस्तुत गरिएको बजेटपछीको पत्रकार सम्मेलनमा मन्त्री पुनले नयाँ चरणको सुधार कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष निकालेर बजेट ल्याइएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री पुनले बजेटले धेरै कुरा सम्बोधन नगरेपनि नयाँ चरणको सुधार आयोग नै गठन गरेर गरिने बताएका छन् । उनले कस्तो आयोग बनाउने भन्ने स्पष्ट नपारे पनि सबै पक्षसँग गम्भिर छलफल गरेर नयाँ चरणको सुधार अघि बढाउने बताए ।

अर्थमन्त्री पुनले अर्थतन्त्र सुधारको पाँच रणनीति अघि सारिएको बताउँदै बजेटले रणनीतिक रुपमा धेरै सुधार गर्न सक्ने बताए । मन्त्री पुनले कृषि र आईटी क्षेत्रमा नेपालले धेरै नै प्रगति गर्न सक्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको