Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयलाई शतप्रतिशत नेपाली उत्पादन प्रयोग हुन्छ:अर्थमन्त्री

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १६ : ५५ मा प्रकाशित

अर्थ मन्त्रालयलाई शतप्रतिशत नेपाली उत्पादन प्रयोग हुन्छ:अर्थमन्त्री

अर्थमन्त्री वर्षामान पुनले अर्थ मन्त्रालयलाई शतप्रतिशत नेपाली उत्पादन प्रयोग गर्ने कार्यालय बनाइने बताएका छन्।

पुनले मंगलबार १८ खर्ब ६० अर्बको बजेट ल्याएपछिको पत्रकार सम्मेलनमा भने,‘बजेटको झोलाबाट नेपाली उत्पादन प्रयोग गर्ने प्रयास सुरु भएको छ । यसपटक बजेटको झोला शतप्रतिशत नेपाली उत्पादनबाट बनाएर प्रयोग गरिएको छ ।’

नेपाली उत्पादन तुलनात्मक रुपमा केही महँगो भए पनि नेपाली उत्पादन र रोजगारीलाई प्रवद्र्धन गर्न सरकारले स्वदेशी वस्तुलाई नै प्रवद्र्धन गर्ने पनि पुनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको