Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय लोकसभाको अन्तिम परिणाम: मोदीको जादु चलेन, बलियो बन्यो विपक्षी

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, ०८ : ०६ मा प्रकाशित

भारतीय लोकसभाको अन्तिम परिणाम: मोदीको जादु चलेन, बलियो बन्यो विपक्षी

भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ ।

मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ ।

भाजपा आफु एक्लै बहुमतबाट चुकेपनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।

त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठुलो दल बनेको छ । यसअघि २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो ।

त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठुलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो । त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठुल दल बनेको छ । त्यस्तै डिएमके पार्टीले २२ सिट जितेको छ । त्यस्तै आम आदमी पार्टीले दिल्लीमा जित हासिल गर्न नसके पनि पञ्जावमा ३ सिटमा जित हासिल गरेर लोकसभामा उपस्थिति जनाएको छ ।

यसरी विपक्षी गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको