Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआइसी एसिया बैंक

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १३ : २५ मा प्रकाशित

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआइसी एसिया बैंक

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले १० लाख कित्ता सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो । सेयर प्रति कित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले असार १० गतेदेखि १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।

योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार १७ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा आइपुग्ने आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट आवेदन दिन सकिने छ ।

सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको