Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति बैंक र व्यावसायी दुबै जोगाउने सञ्जीवनी बुटी हुने निजी क्षेत्रको आशा छः अध्यक्ष चन्द्र ढकाल

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १६ : ३६ मा प्रकाशित

मौद्रिक नीति बैंक र व्यावसायी दुबै जोगाउने सञ्जीवनी बुटी हुने निजी क्षेत्रको आशा छः अध्यक्ष चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी मौद्रिक नीति निजी क्षेत्रको लागि सञ्जीवनी बुटी बनेर आउने विश्वास व्यक्त गरेको छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नितीको लागि सुझाव दिन महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिबाट निजी क्षेत्र आशावादी रहेको बताएका हुन् ।

राष्ट्र बैंकका गभर्नर उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले बैंक र व्यावसायी दुबै जोगाउने गरि सन्जिवनी बुटि समेटिएको मौद्रिक नीति आउनुपर्ने धारणा राखेका छन् ।  ‘बैंकहरुलाई पनि बचाउनु पर्ने समय हो । एनपिए वृद्धि भएको छ । व्यापार नभएकाले व्यावसायीहरुले ऋणको सावाँ ब्याज तिर्न सकिरहेका छैनन् । यो बैंक र व्यावसायी दुबै बचाउने सन्जिवनी बुटि मौद्रिक नीति बाट खोजेका छौं अध्यक्ष ढकालले भने ।’ 

अध्यक्ष ढकालले बैंकको ब्याजदर घटेको तर कर्जाको माग नरहेको पनि बताए । बजारमा मागमै सँकुचन आएकाले आयातको चक्र रोकिएको र त्यसले सिङ्गो बजारको चेन बिगारेको निस्कर्स पनि सुनाए । अहिले बैंक र व्यावसायीहरु बिचको सम्बन्धमा बिस्तारै सुधार हुँदै गएको अध्यक्ष ढकालको दाबी छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको