Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ बन्ने सरकारसँग लगानीकर्ता उत्साहित,करिब ५३ अंकले नेप्से बढ्दा कारोबार ६ महिनाकै उच्च

अर्थ संसार

आइतबार, ३० असार २०८१, १५ : २१ मा प्रकाशित

नयाँ बन्ने सरकारसँग लगानीकर्ता उत्साहित,करिब ५३ अंकले नेप्से बढ्दा कारोबार ६ महिनाकै उच्च

नयाँ सत्ता समीकरणपछि अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने कुराले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि लगानीकर्तामा उत्साहको माहोल बनेको हो । 

आइतबार सेयर बजारको पहिलो दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  ५२.९७ अकंले बढेर २२५७.५७ बिन्दुमा कायम भएको छ ।

यसदिन कारोबार समेत ६ महिना यताकै उच्च बन्न पुगेको छ । आइतबार ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २१ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरे गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको