Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १० : १९ मा प्रकाशित

आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य १४८ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, कम्पनीको सेयर प्रतिकित्ता २२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको