Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, ०७ : ५३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका १० जनाको नाममा रहेको संस्थापक सेयर हाल बैंक कै संस्थापक समूहलाई मात्र सेयर बिक्रीमा राखेको छ । 

बैंकका संस्थापकहरुको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो। यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा  निवेदन दिनु पर्नेछ ।

३५ दिनभित्र पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको