Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले छलफल गर्न चाहेपछि मौद्रिक नीति रोकियो

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, १० : ०७ मा प्रकाशित

प्रधानमन्त्रीले छलफल गर्न चाहेपछि मौद्रिक नीति रोकियो

आज शुक्रबार मौद्रिक नीति नआउने भएको छ । 

राष्ट्र बैंकको तयारी आज बिहान सञ्चालक समिति बसेर नीति पारित गर्ने थियो। तर मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले आज नआउने स्रोतले जनाएको छ । 

आज आउने नीति प्रधानमन्त्री कै निर्देशनमा रोकिएको बुझिएको छ।  प्रधानमन्त्रीले आर्थिक सल्लाहकारमा पूर्व  गभर्नर र अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त गरेपछि ओलीले खतिवडा मार्फत मौद्रिक नीतिमा छलफल गर्न चाहेको बुझिएको छ। 

प्रधानमन्त्री ​ओलीले हालको मन्दी चिर्ने मौद्रिक नीति खोजेका छन्। सबैलाई सन्तुष्ट बनाउने र अर्थतन्त्र चलाएमान बनाउने खालको नीति प्रधानमन्त्रीले चाहेको र सल्लाहकार मार्फत उनले छलफल गर्न खोजेको स्रोतले अर्थसंसारलाई बतायो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको