Like us!
Follow us!
Connect us!
Watch us!

श्रीजनशील लघुवित्तले डाक्यो साधारणसभा

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, ०८ : २९ मा प्रकाशित

श्रीजनशील लघुवित्तले डाक्यो साधारणसभा

श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाचौं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन महोत्तरीको बर्दिवासमा विनायक होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । 

सभाले आर्थिक वर्ष २०७९/८० को  वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने,  लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गर्दै पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यस बाहेक  सभाले अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने÷गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै कुनै विषयमा थप संशोधन गर्न वा परिवर्तन गर्न नियमनकारी निकायबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समिीतलाई पूर्ण अख्तियारी प्रदान गरिने प्रस्ताव छ। 

सभामा सर्वसाधारण सेयरधनीका १ जना सञ्चालकको निर्वाचन गर्नेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको