Like us!
Follow us!
Connect us!
Watch us!

कहाँसम्म पुग्छ सेयर बजार ?

अर्थ संसार

मंगलबार, ०४ भदौ २०८१, ११ : १४ मा प्रकाशित

कहाँसम्म पुग्छ सेयर बजार ?

निरन्तर ओरालो लागेको पुँजीबजारमा अहिले भने उच्च अंकको वृद्धि देखिएको छ । झण्डै तीन वर्षदेखि लगानीकर्तालाई निरुत्साहित बनाएको पुँजीबजारले अहिले नयाँ उत्साह थपिदिएको हो ।

बजारले २०७८ भदौ २ गते ३१९८ को नयाँ उचाइ बनाएको हो। यो उच्च बिन्दु हालसम्म तोडिएको छैन । २०७९ असोज ९ गते १८१५ को न्युन अंकमा झरेको थियो । अहिले बजार ३००० विन्दु वरीपरी छ  । गत साउन ३१ गते बिहिबार ४३ अकंले बढेर नेप्सेले २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार गर्यो । यो कारोबार हालसम्मकै उच्च हो । 

यसरी निरन्तर खस्किएको बजार एक्कासी उच्च रुपले बढ्नुलाई स्वभाविक र अस्वभाविक भन्ने दुईतर्फ चर्चा बजारमा चलिरहेको छ । 
गत असार १७ गते कांग्रेस एमालेको सत्ता गठबन्धन बन्ने सहमति हुनुअघि नेप्से २००० अंकको हाराहारीमा थियो । नयाँ गठबन्धन बनेपछि सेयर बजारका लगानीकर्ताहरुमा आत्मविश्वास बढेका कारण सेयर बजारले रेकर्ड ब्रेक गरेको आम बुझाइ छ । ओली ३ वर्षपछि सत्तामा आएपछि गभर्नर अधिकारी र ओलीबीच टयुनिङ मिल्यो । जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । नयाँ सत्ता समिकरणसँगै अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन भएसँगै लगानीकर्ता पनि उत्साहित देखिएका छन् । 

प्रमुख त नेपाल राष्ट्र बैंकले पुजीँबजारका लागी बनाइदिएको बाटो र राजनीतिक वातावरणले बजारलाई उकालो चढ्न प्रमुख भूमिका खेलेको छ । तर पनि यो बढाइ कहाँसम्म र कहिलेसम्म भन्ने प्रश्नको उत्तर भने  अहिले नै भन्न सकिने अवस्था छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको