Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ‘करेक्सन’ कहिलेसम्म ?

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ११ : १२ मा प्रकाशित

सेयर बजारमा ‘करेक्सन’ कहिलेसम्म ?

तीन हजारको बिन्दुमा पुगेको नेप्से २६ सय ४६ अंकमा झरेको छ । 

बजार अघिको अल टाइम हाइतीर बढीरहेकोबेला बजारमा फेरी घटिरहेको छ । पछिल्ला केहि दिन यता पुँजी बजारमा आएको गिरावटले सेयर लगानीकर्ताहरुमा छटपटी उत्पन्न गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्ने सहमतिसँगै बजार अस्वभाविक रुपमा उचालिँदा मख्ख भएका लगानीकर्ता बजार राताम्य हुँदा निराश भएका छन् । 

बजारले अल टाइम हाइको रेकर्ड तोड्ने आशामा रहेका कारण कतिपय लगानीकर्ताले परिसूचक २८००÷२९०० मा हुँदा नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरेर सेयर खरिद गरेका थिए । तर निरन्तर रुपमा बजार ओरालो लागि रहेकाले नयाँ प्रवेशी र साना लगानीकर्ताहरूको लगानी गुमिरहेको छ ।

सेयर बजार लगातार चोथो दिन हिजो समेत ओरालो लाग्यो चार दिनमा सेयर बजार १८४.१५ अकंले घट्न पुग्यो कारोबार रकम समेत निरन्तर खुम्चिदै गएको छ । बजार निरन्तर घटि नै रहेको र कारोबार रकम पनी कम भएकाले बजार बियरिस टेण्डमा गएको हाकि भन्ने बिषय पनी चर्चामा छ । 

स्थायी सरकार बनेपछि समग्र अर्थतन्त्रमा सुधार आउने विश्लेषणसहित बढेको बजारमा ठुला लगानीकर्ताले नाफा ‘बुक’ गर्दा दैनिक उच्च अंकको गिरावट आएको एकतर्फी तर्क छ ।

अर्कोतर्फ भने बजारमा राम्रो लाभांश क्षमता भएका कम्पनी भन्दा बढी नेगेटिभ नेटवर्थ भएका कम्पनी मूल्यका हिसाबले बढी उचालिएका कारण बजारमा बढी उतारचढाव हुने गरेको तर्क गरिदैछ ।

यस्तो अवस्थामा अब बजार कता जान्छ ?आम लगानीकर्ताहरुलाई निकै चासोको विषय बनिरहेको छ । ओरालो लागेको सेयर मार्केट कतिसम्म तल झर्ला त ? यस्तो अनुमान विभिन्न लगानीकर्ताको छुट्टाछुट्टै नै छ तर, यथार्थमा तल झर्न थालेको सेयर बजार यति नै बिन्दुमा पुगेर रोकिन्छ भनेर यकिनका साथ भन्न भने सकिदैन । 

समग्रमा हेर्ने हो भने सेयर बजारको यतिबेलाको माहोल सकारात्मक नै देखिन्छ । ठुला २ दलको सहमतिमा नयाँ सरकार बनेसँगै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति खुकुलो बनाएको छ । बैंकहरुले पनी लगानी बढाउन सक्ने गरी नीति परिमार्जन गरेका छन् । बैंकको ब्याजदर समेत घट्दो क्रममा नै छ । यी कारणहरुले बजारले केही करेक्सनहरुका बाबजुत पनि गति लिन सक्ने विश्वास गरिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको