Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको २३ अर्बको रहस्यमय हराइ: कहाँ छ पैसा ?

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, १७ : ५५ मा प्रकाशित

सेयर बजारको २३ अर्बको रहस्यमय हराइ: कहाँ छ पैसा ?

नयाँ सरकार गठन भएसँगै एकाएक बढेको बजार दुई साता यता लगातार तल झरिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनी २२.७३ अकंले घटेको छ । आज बजारमा ६ अर्ब ८५ करोडको कारोबार भयो ।  

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा रौनकता छाएको हो । लामो समय वियरिस ट्रेण्डमा रहेको सेयरले बजार नयाँ गठबन्धनमा सरकार बन्ने र अर्थमन्त्रीमा पुनः विष्णुप्रसाद पौडेल आउने हल्ला चलेसँगै उकालो यात्रा तय गरेको हो । त्यसपछी नेप्सेको यसरी उकालो लाग्यो कि परिसुचक २ महिनाको अवधिमै ३ हजारमा पुग्यो ।

गत साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको नेप्सेले सोहि दिन २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार गर्यो  । जुन कारोबार रकम हालसम्मकै उच्च हो । 

तर ३ हजार विन्दुमा पुगेको नेप्से अहिले तल झरेर लगभग २६ सय विन्दुमा घुमिरहेको छ । बजार अहिले ७ अर्ब रुपैयाँको हाराहारीमा झरेको छ । यसलाई हेर्दा बजारबाट २३ अर्ब रुपैयाँ हराएको छ । 

बजारबाट २३ अर्ब कहाँ हरायो त ? त्यो पैसा फिर्ता आउँछ या आउँदैन् ? यो चर्चाको बिषय बनेको छ । तर बजारबाट पैसा कहाँ गयो भनेर अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था भने छैन् । यो कुरा बजारले अब गर्ने यात्राले नै तय गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको