Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको मुखमा अस्वभाविक मुल्य वृद्धि, अनुगमनको ढोल पिट्दै सरकार

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १४ : ३५ मा प्रकाशित

दशैंको मुखमा अस्वभाविक मुल्य वृद्धि, अनुगमनको ढोल पिट्दै सरकार

दसैँ र तिहारका लागि किनमेल गर्न बजारमा चहलपहल बढ्न थालेसँगै दैनिक उपभोग्य वस्तुमा जथाभावी मूल्य निर्धारण गरेर मनोमानी गरेको देखिन थालेको छ ।

किनमेल बढी हुने मौका छोपेर कतिपय व्यापारी र व्यवसायीले कृत्रिम मूल्य तोक्छन्। कतिपयले त छुटका नाममा लुटीरहेका छन् । उपभोक्ताहरूले गुणस्तरीय सेवा र वस्तु उपभोग गर्न पाउनैपर्ने संवैधानिक अधिकार मिच्दै व्यापारीले गुणस्तरहीन वस्तु मनलाग्दी मूल्यमा बिक्री वितरण गरिरहेका छन् । यसको प्रत्यक्ष मार भने सर्वसाधारण उपभोक्तामा परेको छ । 

यसबारे सरकारले निरन्तर अनुगमन गरिरहेको भने पनि नियम मिचेर मनपरी मूल्य बढाउनेलाई हालसम्म कारबाही गर्न नसकेको उपभोक्ताको गुनासो छ । 

 तथ्यांकमा मूल्य वृद्धि

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मुद्रास्फीति ४.१० प्रतिशत रहेको देखाएको छ । यसअवधीमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ ।

अधिकांश उपभोक्ता आफूले किन्ने सामानसँग अनभिज्ञ देखिन्छन् । उपभोक्ता आफूले खरिद गर्ने सामानको गुणस्तर, वास्तविक मूल्य, तिर्नुपर्ने करबारे जानकार नै छैनन् । उपभोक्ता ठगिनुको प्रमुख कारण स्वयं उपभोक्ता सचेत हुन नसकेको बताइन्छ । हरेक वर्षको दसैँ तिहारलाई लक्षित गरेर सरकारले देशका विभिन्न स्थानमा केही सहुलियतसहित सुपथ मूल्य पसल सञ्चालन गर्छ । बाँकी बजारमा यो विषयमा त्यो विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिका मिलेर अनुगमन गर्छन् । तर, खास प्रभावकारी अनुगमन हुँदैन । 

यस्तो छ कानुन

नेपालको संविधानको धारा ३६ मा खाद्य सुरक्षाको हक उल्लेख गरिएको छ । यसैगरी सोही धाराको भाग ४४ मा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ । गुणस्तहीन वस्तु तथा सेवाबाट क्षति पुगेको उपभोक्तालाई कानुनबमोजिम क्षर्तिपूर्ति पाउने हक रहने व्यवस्था छ ।
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार हरेक वस्तु र सेवा उपभोग गर्दा वस्तु र सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार छ । ऐनको दफा ६ को उपदफा १ मा ५ वटा बुँदामा उपभोक्ताका अधिकारहरू सुनिश्चित गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको