Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले घोषणा गर्‍यो असोज १ मा शोक बिदा

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, २० : २३ मा प्रकाशित

सरकारले घोषणा गर्‍यो असोज १ मा शोक बिदा

सरकारले जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली स्वरूप आगामी असोज १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक मनाउन बिदा दिने र सबै शहीदलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो।

सरकारी निर्णयअनुसार असोज १ गतेलाई शोक दिवसको रूपमा मनाइनेछ। मृतकहरूको अन्त्येष्टि राज्यको औपचारिक व्यवस्थापनमा गरिनेछ र यसका लागि आवश्यक तयारीका बारेमा मन्त्रालयहरूलाई निर्देशन दिइएको छ।

बैठकले आन्दोलनमा मारिएका सबैलाई शहीदको दर्जा दिने र उनीहरूको योगदानलाई राज्यको इतिहासमा दर्ज गरिने व्यवस्था गर्ने सहमति समेत गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको