Like us!
Follow us!
Connect us!
Watch us!

दशैंपछिको पहिलो कारोबारः नेप्से २७०० नजिक,कारोबार रकम ३ अर्ब ६ करोड

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १५ : १७ मा प्रकाशित

दशैंपछिको पहिलो कारोबारः नेप्से २७०० नजिक,कारोबार रकम ३ अर्ब ६ करोड

आज नेपाल स्टक स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा कायम भएको छ ।

सेयर बजारमा कारोबार भएका ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

आज सर्वाधिक कारोबार गुडविल फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यस्तै,आज ३ वटा कम्पनीको सेयरमूल्य पोजिटिभ सर्किट लागेको छ। जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र मल्टीपर्पस फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको