Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्राक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, ०७ : १६ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्राक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय संचालित नेपाल इन्फ्रास्ट्राक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले ७ वर्ष अवधि तथा  वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)” नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। 

उक्त निष्काशन प्रक्रिया अगाडी बढाउन कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ। 
बिहिबार सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। 

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

6711bb1a6dfac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको