Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ब्रोकरेजको साधारणसभा कात्तिक ३० गते,यस्ता छन् एजेण्डा

अर्थ संसार

आइतबार, ११ कार्तिक २०८१, ११ : १४ मा प्रकाशित

हिमालयन ब्रोकरेजको साधारणसभा कात्तिक ३० गते,यस्ता छन् एजेण्डा

धितोपत्र दलाल व्यवसायीको रुपमा सञ्चालित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गने वार्षिक साधारण सभा गर्ने भएको छ ।

कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लेमन ट्रि, बुढानिलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सभाले प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांशको प्रस्ताव समेत अनुमोदन गर्नेछ । तर, कम्पनीले सार्वजनिक गरेको सूचनामा कति लाभांश प्रस्ताव गरेको छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको