Like us!
Follow us!
Connect us!
Watch us!

आज ३ कम्पनीको साधारण सभा हुँदै, यस्तो छ एजेण्डा

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, १० : २८ मा प्रकाशित

आज ३ कम्पनीको साधारण सभा हुँदै, यस्तो छ एजेण्डा

आज ३ कम्पनीको साधारण सभा हुँदैछ । आज सिटिजन्स बैंक ,युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनीले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् ।

आज सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको डिल्लीबजार, कालिकास्थानस्थित अमृतभोगमा बिहान ९ बजे शुरू हुनेछ ।

सभाले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले असोज २९ गते १ दिन बुक क्लोज गरिसकेको छ । सोका आधारमा असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

युनिलिभर नेपालको ३१ औं वार्षिक साधारणसभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे शुरू हुनेछ ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । कम्पनीले वितरण गर्न लागेको यो हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो ।

सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ। चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि बुक क्लोज गरिसकेको छ । जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

 यसैगरी,आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे शुरू हुनेछ ।

कम्पनीले लाभांश तथा हकप्रद सेयर सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको