Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा कहिले लाग्छ ‘ब्रेक’ ?

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १५ : ११ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा कहिले लाग्छ ‘ब्रेक’ ?

पछिल्ला केही दिनयता सेयर बजारले सकारात्मक प्रदर्शन गर्न सकेको छैन । बजार घट्नुपर्ने ठोस कारण नहुँदा पनि नेप्से सूचक लगातारजसो घटिरहेको छ । 

साताको पहिलो दिन आइतबार आज पनि नेपाल स्टक एक्चेञ्ज (नेप्से)घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २,५८३ को विन्दुमा बन्द भएको हो । 

आज ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै रिभर फल्स पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रोपावर र बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

अहिले ब्याजदर घटिरहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । नीतिनियमहरु क्रमशः बजारमैत्री आइरहेका छन् ।  यस्तो अवस्थामा बजार निरन्तर घट्नुपर्ने खास कारण देखिंदैन ।  लगानीकर्ताले बजारमा चलाइएका निराधार हल्लको पछी नलागेर सचेत हुने हो भने बजारको आगामी गति माथितिरै हुने अनुमान गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको