Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, १२ : ५४ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ ।

अघिल्लो दिन नेप्सेले उक्त कम्पनीले लाभांश घोषणा गरी समयमै जानकारी नदिएको भन्दै सेयर कारोबार रोक्का राखेर स्पष्टीकरण सोधेको थियो। 

लघुवित्तको पुस ७ गते साँझ  बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको तर नेप्सेमा पुस ८ गते सवा १२ बजे सोको जानकारी दिएको भन्दै कारोबार रोक्का गरिदिएको थियो। सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा जानकारी दिनुपर्ने प्रावधान छ। संस्थाले नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिवद्धता जनाएर सेयर कारोबार फुकुवा गर्न निवेदन दिएपछि नेप्सेले उक्त कम्पनीलाई सचेत गराउँदै सेयर कारोबार फुकुवा गरेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको