Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्कदै सेयर बजार,परिसूचक दोहोरो अंकले बढ्दा ५ अर्बकाे काराेबार

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, १५ : २२ मा प्रकाशित

लयमा फर्कदै सेयर बजार,परिसूचक दोहोरो अंकले बढ्दा ५ अर्बकाे काराेबार

सोमबार दोहोरो अकंले बढेको बजार आज पनि हरियाली देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.११ अकंले बढेर २६२६.३१ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोडको  सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको  सेयर कारोबार भएको हो । आज यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको  सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको