Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा निक्षेपको थुप्रो,निजी क्षेत्र किन लिँदैन कर्जा ?

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, १२ : ३१ मा प्रकाशित

बैंकमा निक्षेपको थुप्रो,निजी क्षेत्र किन लिँदैन कर्जा ?

पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अधिक हुँदा बैंकिङ प्रणालीमा रकम थुप्रँदै गएको छ । निजी क्षेत्रले कर्जाको माग नै गर्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको थुप्रो लागेको हो ।  

 बैंक तथा वित्तीय संस्थामा करिब ५ खर्ब हाराहारी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ ।

बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । तर, अहिले बैंकमा तरलता अधिक हुन थालेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६० प्रतिशतसम्म झरेको छ । यसैगरी मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने ७८.४२ प्रतिशत कायम छ । गत वर्षको सोहीअवधिमा वाणिज्य बैंकहरुको सीडी रेसियो ७९.६१ प्रतिशत कायम थियो ।

बैंकमा पैसा थुप्रिंदा पनि निजी क्षेत्रले किन कर्जा उठाउन चाहेको छैन ? अहिले यो प्रश्न  तेस्रिएको छ। निजी क्षेत्रले कर्जाको माग नै नगरेको बैंकरहरूले बताइरहेका छन् । 

राष्ट्र बैंकको तथयांकअनुसार मंसिर मसान्तसम्म बैंकिङ प्रणालीमा ४ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ तरलता मौज्दात रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा प्रणालीमा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ तरलता मौज्दात रहेको थियो । यो एक वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा २०५.८५ प्रतिशतले लगानीयोग्य रकम थप भएको देखिन्छ ।

चालु वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६६ खर्ब ४७ अर्ब ९४ करोड निक्षेप संकलन गर्दा ५३ खर्ब २७ करोड ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।  जसमा वाणिज्य बैंकहरुले मात्रै ५९ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४७ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्। 

बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको  परिचालन हुन सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा लामो समयदेखि अधिक तरलताको समस्या रहेको छ । राष्ट्र बैंकलाई पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको