Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो, तेस्रो दिनसम्म कति जनाले भरे ?

अर्थ संसार

मंगलबार, २३ पुस २०८१, १७ : २४ मा प्रकाशित

गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो,  तेस्रो दिनसम्म कति जनाले भरे ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासनको तेस्रो दिनमा मागभन्दा १०.८३ गुणा बढी आवेदन परेको छ।

सीडीएस एन्ड क्लियरिङका अनुसार तेस्रो दिन अर्थात मंगलबार (पुस २३ गते) साँझ ५ः०६ बजेसम्ममा १४ लाख ९२ हजार ७६९ जना सर्वसाधारण आवेदकहरुले १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि १ अर्ब ९९ करोड ९१ लाख ८९ हजार रुपैयाँ बराबरको लागि आवेदन दिएका हुन् । 

कम्पनीले आइतबार (पुस २१ गते) देखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । यसले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणका लागि जारी आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सक्छन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट अनलाइन  आवेदन दिन सकिनेछ ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको