Like us!
Follow us!
Connect us!
Watch us!

पुस २४: पाँच कम्पनीको वार्षिक साधारण सभा, लाभांश र एजेन्डाहरूबारे जान्नुहोस्

अर्थ संसार

बुधबार, २४ पुस २०८१, ०८ : ५३ मा प्रकाशित

पुस २४: पाँच कम्पनीको वार्षिक साधारण सभा, लाभांश र एजेन्डाहरूबारे जान्नुहोस्

आज पुस २४ गते पाँच विभिन्न कम्पनीहरूको वार्षिक साधारण सभा बस्दैछ। यी सभाहरूमा सेयरधनीहरूको लागि नगद लाभांश, बोनस सेयर तथा अन्य एजेन्डाहरू पेश गरिनेछ।


तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

तारागाउँ रिजेन्सी होटल्सले आज आफ्नो वार्षिक साधारण सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ः३० बजे सुरु गर्दैछ। सभामा करसहित ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ।

  • बुक क्लोज मिति: पुस १२।
  • योग्य सेयरधनी: पुस ११ सम्म कायम भएका।
    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, लेखापरीक्षक नियुक्ति लगायतका एजेन्डाहरूमा छलफल हुनेछ।

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)

एचआइडीसीएलको साधारण सभा कार्की ब्यांक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुँदैछ।

  • लाभांश प्रस्ताव: ५.२५ प्रतिशत नगद लाभांश।
  • बुक क्लोज मिति: पुस ६।
  • योग्य सेयरधनी: पुस ४ सम्म कायम भएका।
    सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, र नाफाको वितरणबारे छलफल हुनेछ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकको साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

  • लाभांश प्रस्ताव: ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश।
  • बुक क्लोज मिति: पुस १७।
  • योग्य सेयरधनी: पुस १६ सम्म कायम भएका।
    सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति र अन्य वित्तीय विवरणमा छलफल हुनेछ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था

साना किसान विकास लघुवित्तले हिजो पुस २३ गते आफ्नो २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

  • लाभांश पारित: १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश।
  • वित्तीय प्रगति: २०७९–८० मा ७७ करोड ३५ लाख खुद नाफा, जुन २०८०–८१ मा १९.१८ प्रतिशतले वृद्धि भई ९२ करोड १९ लाख पुगेको छ।
    संस्थामा १२ लाखभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ, जसमा ८० प्रतिशत महिला सहभागिता छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा पुस २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १०ः३० बजे हुनेछ।

  • लाभांश प्रस्ताव: ४ प्रतिशत नगद लाभांश।
  • विशेष प्रस्ताव:
    • ३.५० अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत अग्राधिकार सेयर जारी गर्ने।
    • मर्जर तथा एक्विजिशनसम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने।
    • संस्थापक र सर्वसाधारण समूहबाट सञ्चालकको निर्वाचन।
  • बुक क्लोज मिति: पुस १४।
  • योग्य सेयरधनी: पुस १३ सम्म कायम भएका।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको