सेयर बजार सोमबार पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अकंले घटेर २५९४ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज१३ वटै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.५८ प्रतिशत, फाइनान्स समूहको १.३२ प्रतिशतले सेयर मूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य ह्वातै बढ्ने र घट्ने हुन्छ । फाइनान्समा आज लगानीकर्ता डुबेका छन् ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ८.८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस