Like us!
Follow us!
Connect us!
Watch us!

बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाँदै

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, २१ : ३९ मा प्रकाशित

बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत १९ गते थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी हुनेछ। टोलीमा परराष्ट्रमन्त्री डा. आरजु राणा सहित अन्य मन्त्रीहरू समेत रह्नेछन्।

बैंककमा आयोजना हुने सम्मेलन चैत १९ देखि २३ गतेसम्म चल्नेछ। यस क्रममा नेपालले व्यापार, ऊर्जा, पूर्वाधार विकास र क्षेत्रीय सहकार्य जस्ता विषयहरूलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको