Like us!
Follow us!
Connect us!
Watch us!

शान्तिपूर्ण आन्दोलनको नाममा हिंसा अस्वीकार्य: एमाले

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, २० : ४७ मा प्रकाशित

शान्तिपूर्ण आन्दोलनको नाममा हिंसा अस्वीकार्य: एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौंका विभिन्न स्थानहरूमा पूर्वराजावादी समूहद्वारा मच्चाइएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ। एमाले महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्था विरोधी गतिविधिहरूको निन्दा गर्दै, दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

आज राजधानीका तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा राजावादी समूहहरूले शान्तिपूर्ण प्रदर्शनका नाममा अराजकता मच्चाएका थिए। उनीहरूले सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय तथा सरकारी भवनमा आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि सञ्चालन गरेको एमालेले आरोप लगाएको छ।

प्रेस विज्ञप्तिमा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोल्न खोज्ने यस्ता आपराधिक कार्यहरू कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ। एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षा गर्न दृढ सङ्कल्प व्यक्त गर्दै, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रको पक्षमा एकजुट हुन आह्वान गरेको छ।

एमालेले हिंसात्मक गतिविधिमा संलग्न सबैलाई तुरुन्त कानुनी कारबाहीको दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

 

67e6ba259cf41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको