Like us!
Follow us!
Connect us!
Watch us!

राजावादी समूहद्वारा रास्वपा सचेतक सन्तोष परियारको गाडीमा आगजनी, उनी सकुशल

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, २१ : २६ मा प्रकाशित

राजावादी समूहद्वारा रास्वपा सचेतक सन्तोष परियारको गाडीमा आगजनी, उनी सकुशल

राजावादी प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेका छन्। भक्तपुरतर्फ गइरहेका परियारलाई सीसीआरसी कलेज नजिकै रोकी प्रदर्शनकारीहरूले गाडीमा आगो लगाएका हुन्।

प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले परियारलाई गाडीबाट बाहिर निकालेपछि आगजनी गरेका थिए। यद्यपि, उनी स्वयं भने सुरक्षित छन्।

यस घटनापछि सन्तोष परियारले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिएका छन्। उनले आफू सकुशल रहेको जानकारी दिँदै भनेका छन्, "मेरा आदरणीय र प्रियजनहरू, म सकुशल छु। यहाँहरूले मेरो अवस्थाप्रति गर्नुभएको चासो र चिन्ताका लागि आभारी छु। एउटा उदण्ड र अराजक घटनाबाट म आज बचेको छु।"

साथै, उनले लोकतान्त्रिक मूल्यप्रति आफू दृढ रहेको उल्लेख गर्दै भनेका छन्, "देश र जनताको सेवामा म निरन्तर खटिइरहनेछु। लोकतान्त्रिक र जनताको पक्षमा उभिनु सजिलो छैन भन्ने मलाई थाहा छ। तर, म मेरो मूल्य र मान्यताबाट विचलित हुनेछैन।"

यस घटनालाई लिएर सुरक्षा निकायहरूले अनुसन्धान अघि बढाइसकेको जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको