Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी हुन,राजा बन्ने गुण छैन - माधव नेपाल

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, १५ : २४ मा प्रकाशित

ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी हुन,राजा बन्ने गुण छैन - माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये एक भएको बताएका छन् । 

नेपालले  विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । 

उनले राजावादीको आन्दोलन ‘ग्रान्ड डिजाइन’ अनुसार भएको जिकिर गरेका छन् । 

उनले भने, ‘उहाँ नेपालका व्यापारीमध्ये ठूला व्यापारी हुनुहुन्छ, अरू होइन । राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहमा राजामा हुने कुनै गुण नभएको टिप्पणी गर्दै नेपालले राजतन्त्रको वंशाणुगत शासन प्रणालीको आलोचना गरे ।

‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने राजा हुन सक्दैनन् । यस्ता सोचले नयाँ हिटलर जन्माउन सक्छ’, उनले भने, ‘संसार दास युग वा सामन्ती युगमा फर्कन सक्दैन । अब पुँजीवादी युगमा पनि बस्ने होइन । समाजवादी युगमा जाने हो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको