Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा आज राप्रपाको विरोध प्रदर्शन : यी छन् आज डाइभर्सन हुने मुख्य सडकहरू

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, ०८ : १८ मा प्रकाशित

काठमाडौंमा आज राप्रपाको विरोध प्रदर्शन : यी छन् आज डाइभर्सन हुने मुख्य सडकहरू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ। विभिन्न स्थानबाट र्‍याली निकाल्दै बल्खुतर्फ जुलुस अघि बढाइने छ। यसका लागि राप्रपाले प्रशासनबाट आवश्यक अनुमति समेत प्राप्त गरिसकेको छ।

साथै, आजकै दिन शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडित समूहले पनि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्।

ट्राफिक प्रहरीको वैकल्पिक व्यवस्था

बिहानैदेखि सवारी चाप नियन्त्रण गर्न र जनसाधारणको दैनिक आवतजावत सहज बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले केही मुख्य स्थानमा सवारी साधनहरू डाइभर्ट गर्ने निर्णय लिएको छ।

प्रमुख डाइभर्सन हुने क्षेत्रहरू:

  • खसी बजार – मकालु – कलंकी चोक – बाफल

  • बल्खु चोक – कुलेश्वर – कालीमाटी चोक – टेकु

  • किर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना

यसबाहेक, त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सितापाईला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर क्षेत्रमा आवश्यकताअनुसार थप डाइभर्सन हुन सक्ने प्रहरीले जानकारी दिएको छ।

पार्किङ स्थानको व्यवस्था

र्‍यालीमा सहभागी भएर सवारी साधनसहित आउने व्यक्तिहरूका लागि निम्न स्थानहरूमा पार्किङको व्यवस्था गरिएको छ:

  • टिचिङ अस्पताल (टियू) गेटदेखि चोभार सडक

  • सानेपा करिडोर सडक (दुवै किनार)

  • चोभार सुख्खा बन्दरगाह

  • नयाँ बसपार्क

  • सितापाईला–बाफल सडक खण्ड (एकतर्फी)

माइतीघर र शान्तिबाटिकामा समेत कार्यक्रम

नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्दैछ।
त्यस्तै, सहकारी तथा लघुवित्त पीडितहरूले शान्तिबाटिका क्षेत्रमा विरोध कार्यक्रम राखेका छन्।

यसैले, यी स्थान हुँदै यात्रा गर्ने सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको