मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र देशको वर्तमान र भविष्य भएको बताए ।
उनले प्रतिगामी तत्वहरूले आन्दोलनको नाममा तोडफोड र आगजनी गरेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘बितण्डा मच्चाएर परिवर्तन ल्याउँछौँ भनेर दुई-चार हजार मान्छेहरूको बितण्डा, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन । स्वीकार्य हुँदैन । यो अत्यन्तै गलत क्रियाकलाप हो । जोसुकै भएपनि कानूनी कारवाहीको दायरामा आउँछ । यो सरकारले कसैले आग्रह पूर्वाग्रह राखेर कारवाही गर्दैन ।’
कार्यक्रमको आयोजना गर्ने, घटनामा संलग्न हुनेहरूलाई नछाड्ने चेतावनी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस