प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्वान र ऋषिहरूको देश रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनि सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले पाणिनि ऋषिले व्याकरणमा १४ वटा सूत्र निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती व्याकरणको सूत्र प्रयोग गरेको बताए । उनले पाणिनि ऋषि पाकिस्तानबाट आएको नभई यही जन्मिएका दाबी गर्दै पाणिनिका बुवा यहीँका भएको जिकिर गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले परशुरामको बाल्यकालको कथासमेत सुनाएका थिए ।प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्र आज आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए ।
पाणिनिले मात्र नभई शिव, सिंह ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्ने जिम्मा सरकारले लिने समेत प्रधानमन्त्रीले स्पष्ट पारे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस