Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा झिनो अंकको गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, १५ : १५ मा प्रकाशित

सेयर बजारमा झिनो अंकको गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

सेयर बजार बिहीबार घटेर बन्द भएको छ ।

 यस दिन नेप्से सूचक ५.५७ अंकले घटेर २,६७० विन्दुमा बन्द भएको छ । आज ३२१ कम्पनीको १ करोड १३ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । आज ११३ कम्पनीको सेयरमूल्य बढ्दा १३१ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरे नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् ।आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको