पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले २ करोडसम्मको घर कर्जा प्रदान गर्ने प्रावधान राखेपछि धेरै नागरिक बैंक कर्जाबाट आफ्नो घर निर्माण गर्न प्रेरित भएका छन् । यो कर्जाको मागले घरजग्गा क्षेत्रलाई फेरि सक्रिय बनाएको छ ।
बैंकहरूले आकर्षक योजनाहरू ल्याउन थालेपछि कर्जा प्रतिस्पर्धा बढेको छ।
चालु आर्थिक वर्षको आठ महिना वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब २२ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३ खर्ब ८ अर्ब ९३ करोड रुपैयाँ घर कर्जा दिएका थिए ।
कुन बैंकले कति ?
८ महिनामा सबैभन्दा धेरै घर कर्जा दिनेमा एनआइसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले फागुनमसान्तसम्ममा ५० अर्ब ६६ करोड ५९ लाख रुपैयाँ कर्जा प्रदान गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक रहेको छ, जस्ले ८ महिनामा ३८ अर्ब ५० करोड ५८ लाख रुपैयाँ घर कर्जा दिएको छ ।
त्यस्तैराष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ७९ करोड ६५ लाख रुपैयाँ, नबिल बैंकले २७ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब ७७ करोड ५९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ, एनएमबि बैंकले १७ अर्ब ४९ लाख रुपैयाँ, प्रभु बैंकको १३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ घर कर्जा प्रदान गरेको छ । सिद्धार्थ बैंकको १३ अर्ब ७२ करोड ३१ लाख, कुमारी बैंकको १२ अर्ब ५५ करोड ५८ लाख, कृषि विकास बैंकको १० अर्ब ९२ करोड ९६ लाख, सिटिजन बैंकको १० अर्ब ५७ करोड ३७ लाख रुपैयाँ, नेपाल बैंकले १० अर्ब ६८ करोड ४० लाख, सानिमा बैंकको ९ अर्ब ८२ करोड रुपैयाँ घर कर्जामा रहेको छ ।
त्यसैगरी, चालु आवको ८ महिनामा स्टान्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ६१ करोड ६९ लाख, प्राइम कमर्सियल बैंकले ८ अर्ब ५० करोड ७४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ३९ करोड ४३ लाख, माछापुच्छ्रे बैंकले ६ अर्ब ५२ करोड ४७ लाख, हिमालय बैंकले ४ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २ अर्ब ३७ करोड रुपैयाँ घर कर्जा दिएको तथ्यांकले देखाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस