Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले दियो वृद्धिलाई निरन्तरता - कारोबारमा देखियो रौनक, कस्तो होला आगामी यात्रा ?

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, १५ : ०९ मा प्रकाशित

नेप्सेले दियो वृद्धिलाई निरन्तरता - कारोबारमा देखियो रौनक, कस्तो होला आगामी यात्रा ?

आज साताको अन्तिम दिन पनि सेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९७ अकंले बढेर २७२५.२० बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोडको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ ।आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनकिो १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भउको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

अहिले  बैंक ब्याजदर निकै न्यून विन्दुमा रहेको छ । बैंकहरुसँग पनि लगानीयोग्य रकम प्रसस्त मात्रामा रहेको छ । नीतिगत व्यवधानहरु पनि खुकुलो हुँदै गएका छन् ।  देशको अर्थतन्त्रका सूचकहरु पनि सन्तोषजनक देखिएका छन् । यी सबै कुरा हेर्दा नेप्सेको आगामी यात्रा नकारात्मकतातर्फ भन्दा पनि सकारात्मकतातर्फ अघि बढ्ने  देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको