वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल) ७ प्रतिशत नजिकसम्म पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० मध्ये १८ बैंकको खराब कर्जा बढ्दा एक बैंकको करिब ८ प्रतिशत पुगेको हो ।सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको कुल खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको हो ।
चैतसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको छ । गत वर्षको चैतसम्ममा ४.९६ प्रतिशत रहेका बैंकको खराब कर्जा चालु वर्षको चैत मसान्तसम्म आईपुग्दा ७.६८ प्रतिशत पुगेको छ ।
कुमारी बैंकको एनपीएल ६.९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ६.०६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा कुमारीको ४.९५ प्रतिशत र इन्भेष्टमेन्ट मेगाको ४.६६ प्रतिशत थियो ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम बैंकको ५.६५ प्रतिशत, एनआईसी एशियाको ५.७५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ । यता, ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबि बैंकको ४.४७ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत, कृषि विकास बैंकको ४.९८ प्रतिशत,सिद्धार्थ बैंकको ४.०४ प्रतिशत ,र सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ।
यसअवधिमा स्टान्र्डड चार्टड र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको छ । क्रमशः १.४४ र ०.६४ प्रतिशतले खराब कर्जा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस