Like us!
Follow us!
Connect us!
Watch us!

आरबिबिएल डिबेञ्चरमा लगानी गर्ने समय थपियो, अब बैशाख २१ सम्म आवेदन गर्न सकिने

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ०७ : १७ मा प्रकाशित

आरबिबिएल डिबेञ्चरमा लगानी गर्ने समय थपियो, अब बैशाख २१ सम्म आवेदन गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको “७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८” मा अब बैशाख २१ गतेसम्म आवेदन दिन सकिने भएको छ। सुरुमा बैशाख ७ गतेदेखि बिक्री खुला गरिएको यो ऋणपत्रमा प्रारम्भिक म्यादभन्दा बढी समय थप गरिएको हो, जसले लगानीकर्तालाई थप अवसर प्रदान गरेको छ।


२५ लाख कित्ता ऋणपत्रमध्ये १० लाख सर्वसाधारणका लागि

बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गरेको हो। तीमध्ये ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ भने बाँकी १५ लाख कित्ता निजी तवरबाट बिक्री गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएका ऋणपत्रमध्ये ५ प्रतिशत (५० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ। यसरी, व्यक्तिगत लगानीकर्ताका लागि ९ लाख ५० हजार कित्ता उपलब्ध हुनेछन्।


न्यूनतम २५ कित्ता, अधिकतममा कुनै सीमा छैन

लगानीकर्ताले न्यूनतम २५ कित्ताको दरले आवेदन दिनुपर्नेछ भने इच्छुक भएमा अधिकतममा सम्पूर्ण ऋणपत्रका लागि समेत आवेदन दिन सकिने सुविधा छ।


ब्याज भुक्तानी र कर कटौती

ऋणपत्रमा ७ प्रतिशत वार्षिक ब्याज उपलब्ध हुनेछ, जुन प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिकको अन्त्यमा, कर कटौतीसहित भुक्तानी गरिनेछ।


‘केयर एनपी ए प्लस’ रेटिङ्ग पाएको सुरक्षित ऋणपत्र

यस ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग्स नेपालले ‘केयर एनपी ए प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ।


आवेदन प्रक्रिया

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड हो। इच्छुक लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको