Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुले ९ महिनामा सरकारलाई बुझाए १९ अर्ब आयकर, कुन बैंकले कति ?

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, १५ : ३० मा प्रकाशित

वाणिज्य बैंकहरुले ९ महिनामा सरकारलाई बुझाए १९ अर्ब आयकर, कुन बैंकले कति ?

वाणिज्य बैंकहरुले ९ महिनामै सरकारलाई १९ अर्ब बढी आयकर बुझाएका छन् । यो अवधिमा बैंकहरुले १९ अर्ब १५ करोड ५ लाख रुपैयाँ बराबरको आयकर सरकारलाई बुझाएका हुन् । यो गत आवको तेस्रो त्रैमासको तुलनामा ९.९४ प्रतिशत बढी हो ।

गत आवको सो अवधिमा पनि बैंकहरुले १७ अर्ब ४१ करोड ९१ लाख ३१ हजार रुपैयाँ बुझाएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले कर पछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ । यो अवधिमा ८ वटा बैंकको आयकर घटेको छ । बाँकी १२ बैंकले भने बढाएका छन् । नबिलसहित ७ बैंकले भने अर्ब माथि कर बुझाएका छन् ।

कसले कति बुझाए ?

तेस्रो त्रैमासमा पनि सरकारलाई सर्वाधिक कर बुझाउने पहिलो बैंक नबिल बनेको छ । ९ महिनामा बैंकले २ अर्ब ७ करोड ८९ लाख रुपैयाँ आयकर तिरेको छ । यो गत आवको तुलनामा ५.७२ प्रतिशत धेरै हो ।

दोस्रो धेरै आयकार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बुझाएको छ । बैंकले बुझाएको आयकार गत वर्षको तेस्रो त्रैमासको तुलनामा ३८.८५ प्रतिशत धेरै हो । तेस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले पनि ९ महिनामा १ अर्ब ८१ करोड १० लाख रुपैयाँ कर तिरेको छ । यो गत वर्षको तुलनाम ४६.७१ प्रतिशत धेरै हो ।

यस्तै, एभरेष्ट बैंकले १ अर्ब ६२ करोड ४७ लाख, प्रभूले १ अर्ब ५८ करोड १८ लाख, नेपाल बैंकले १ अर्ब ५३ करोड १९ लाख र एनएमबि बैंकले १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ कर तिरेका छन् । यता, स्ट्याण्डर्ड चार्टर्डले ९९ करोड ५२ लाख, प्राइमले ९६ करोड ४४ लाख, कृषि विकासले ७५ करोड ५३ लाख, लक्ष्मी सनराइजले ७४ करोड ७३ लाख, सिद्धार्थले ७२ करोड २० लाख, नेपाल एसबिआईले ६० करोड १५ लाख, सानिमाले ५९ करोड ७२ लाख र राष्ट्रिय वाणिज्यले ५१ करोड ६१ लाख रुपैयाँ कर बुझाएका छन् । यता, माछापुच्छ्रेले ४७ करोड २५ लाख, कुमारीले ४६ करोड ७५ लाख, सिटिजनले ३८करोड ६७ लाख, हिमालयनले २१ करोड ३२ लाख र एनआइसी एशियाले ६ करोड ७८ लाख रुपैयाँ मात्रै कर तिरेको छ । गत वर्षको तुलनामा यी बैंकहरुको आयकर भने घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको