Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज, सेयरधनीलाई छैन लाभांश

अर्थ संसार

शुक्रबार, १६ जेठ २०८२, १० : २९ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज, सेयरधनीलाई छैन लाभांश

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज जेठ १६ गते, शुक्रबार भरतपुर, चितवनमा बस्दैछ।
सभा बिहान ११ बजे भरतपुर गार्डेन रिसोर्टमा सुरु हुनेछ।

सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गरिनेछ। साथै, दुई जना सञ्चालक सदस्य नियुक्ति र लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि सभामा पेश गरिनेछ। यस पटक कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव ल्याएको छैन।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको