Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर कारोबार सुरु,पहिलो कारोबार कतिमा ?

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, ११ : ०९ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर कारोबार सुरु,पहिलो कारोबार कतिमा  ?

नेपाल माइक्रो इन्स्योेरेन्सको सूचीकृत आइपीओ आज मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा आएको छ । 

आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार ३०२ रुपैयाँ ३० पैसामा भएको छ ।

सोमबार कारोबार हुनुपर्ने उक्त कम्पनीको सेयर दोस्रो बजारमा म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन सकेको थिएन।

कम्पनीको सेयर गत चैत २१ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको