नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसायमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
लघु बीमा सेवाका विषयमा बैंकको केन्द्रीय कार्यालयमा उक्त समझदारी गरिएको हो।
समझदारीपत्रमा माछापुच्छ्रे बैंकका अनुसन्धान तथा व्यापार पोर्टफोलियो विभागका प्रमुख कुमार ज्ञवाली र नेपाल माइक्रो इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल राज गिरिले हस्ताक्षर गरेका छन्।
डीसीईओ गिरिले उक्त सहकार्यले निर्जीवन लघु बीमा सेवा विस्तारका लागि नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै, यसले व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट सुरक्षित राख्न सहयोग पुग्ने बताए।
उनका अनुसार, नेपाल माइक्रो इन्स्योरेन्सको लघु बीमा सम्बन्धी अनुभव र माछापुच्छ्रे बैंकको देशव्यापी पहुँचलाई संयोजन गरेर सीमान्तकृत समुदायहरूलाई सशक्त बनाउने लक्ष्य लिइएको हो।
सहकार्य अन्तर्गत नवीन बीमा उत्पादनहरूको विकास, संयुक्त बजारीकरण अभियानको प्रवर्द्धन तथा सेवाप्रवाहलाई सरल, प्रभावकारी र पहुँचयोग्य बनाउने प्रयास गरिने गिरिले बताए। यसले लघु बीमासम्बन्धी वित्तीय समाधानहरूलाई जनसाधारणसम्म सहज रूपमा पुर्याउने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस