Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, ०६ : ३० मा प्रकाशित

गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले फेरि पूर्णता पाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पोषराज पाण्डेलाई समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेसँगै समिति पुनः सक्रिय बनेको हो।

समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि खाली भएको पदमा पाण्डेले स्थान लिएका हुन्।

यसअघि पनि सिफारिस समितिमा निरन्तर सदस्यहरू फेरबदल भइरहेका थिए। पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि त्यस पदमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो।

ड. पौडेलभन्दा पहिले पनि डा. भट्टराईले नै राजीनामा दिँदै पद खाली गरेका थिए। तिनै क्रमहरूको निरन्तरतामा अब पाण्डेको नियुक्तिसँगै समिति फेरि पूर्ण भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको