Like us!
Follow us!
Connect us!
Watch us!

राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी, सुनचाँदी र नगद हरायो

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, १२ : ३५ मा प्रकाशित

राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी, सुनचाँदी र नगद हरायो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको कैलालीको लम्किचुहा नगरपालिका–४ स्थित पाँचतले घरमा चोरी भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार मन्त्रीको घर तीन महिनादेखि खाली थियो। बुधबार दिउँसो पौने ४ बजेतिर चोरी भएको जानकारी प्राप्त भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, चोरले दोस्रो तलाको ग्रिल फोरेर घरभित्र प्रवेश गरेका थिए। परिवारका अनुसार घरबाट सुनका औंठी, सिक्री, चाँदीका गहना र ६५ हजार रुपैयाँ नगद चोरी भएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ। चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सांसदसमेत हुन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको