Like us!
Follow us!
Connect us!
Watch us!

"कर्मचारीले झुक्किए भन्दै गृहमन्त्रीलाई हटाउनू? अब चिया ढल्किए पनि मन्त्री जिम्मेवार!" — सिटौलाको व्यंग्यात्मक बचाउ

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, ११ : २५ मा प्रकाशित

"कर्मचारीले झुक्किए भन्दै गृहमन्त्रीलाई हटाउनू? अब चिया ढल्किए पनि मन्त्री जिम्मेवार!" — सिटौलाको व्यंग्यात्मक बचाउ

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागप्रति कटाक्ष गर्दै कुनै एक कर्मचारीको गल्तीका आधारमा मन्त्रीलाई दोषी ठहर गर्नु गलत नजिर हुने टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले अध्यागमन विभागका कर्मचारीको गल्तीलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु न्यायसंगत नहुने बताए। “गल्ती कर्मचारीले गरे, सजाय मन्त्रीलाई? यस्तो चलन बस्यो भने त अब कार्यालयमा चिया खनिए पनि मन्त्रीले राजीनामा दिनुपर्ला,” सिटौलाको कटाक्ष। उनको यो प्रतिक्रिया कांग्रेसकै अर्का नेता डा. शेखर कोइरालाको भनाइको जवाफमा आएको हो। कोइरालाले शनिबार गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए। सिटौलाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको बहसलाई पनि खारेज गर्दै जनमत संग्रह आवश्यक नरहेको स्पष्ट पारे। संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कृत गर्दै संसदीय प्रणाली नै नेपालका लागि उपयुक्त भएको जिकिर गरे। त्यस्तै, उनले कांग्रेसको महाधिवेशन २०८२ मंसिरमा सम्भव नरहेको भन्दै २०८३ सालको दसैँतिर तयारी गर्नुपर्ने धारणा राखे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको