Like us!
Follow us!
Connect us!
Watch us!

माओवादीको अभियानमा ‘अलिअलि कार्यकर्ता’ देखेर प्रचण्ड उत्साहित भएको ओलीको टिप्पणी

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १४ : २९ मा प्रकाशित

माओवादीको अभियानमा ‘अलिअलि कार्यकर्ता’ देखेर प्रचण्ड उत्साहित भएको ओलीको टिप्पणी

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलाएको अभियानमा केही कार्यकर्ता देखिएर अत्यधिक उत्साहित भएको टिप्पणी गरेका छन्।

आइतबार वाग्मती प्रदेशका वडाअध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा ओलीले माओवादी केन्द्रले सुरु गरेको अभियानको तुलना आफूहरूले थालेको महाकाली–मेची अभियानसँग गर्दै जनसागर उर्लिने बेला सम्झिए।

“हामीले गरेको महाकाली–मेची अभियान पनि सुरु गर्दा यस्तै लाग्थ्यो, तर हामीकहाँ जनसागर उर्लिन्थ्यो,” ओलीले भने, “अहिले अलिअलि आफ्ना कार्यकर्ता आउँदा प्रचण्डलाई लागेको छ कि अब फेरि देश प्रचण्डमय हुन्छ, फेरि ०६४ सालको जस्तै माओवादीमय हुन्छ।”

ओलीले ०६४ सालको निर्वाचनमा माओवादीले त्रासको राजनीति गर्दै मत बटुलेको आरोप लगाउँदै भने, “न ०६४ साल फर्किन्छ, न माओवादी आउँछ।”

त्यसक्रममा ओलीले भ्रष्टाचारबारे प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, “भ्रष्टाचार गर्नेहरू नै अहिले भ्रष्टाचारीविरुद्ध उफ्रिरहेका छन्।”

साथै, उनले पछिल्लो समय लोडसेडिङ र विद्युत समस्या बारे भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै भने, “झिपिक्क बत्ती निभ्दा सरकारलाई सरापिन्छ, १८ घण्टा लोडसेडिङ हुँदा भने कानमा तेल हालेर बसेका थिए।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको